नारी स्वतन्त्रता र अधिकारको उच्च मागले निम्त्याएको विकृत सामाजिक परिवेश

पुर्वीय समाज मुलत: आफ्नै संस्कृति र मान्यताको समाज हो। यो समाज वैद्धिक समाजको रूपमा पनि नामांकित छ। आफ्नै सभ्यता र मौलिकताको बिबिध नमुनाहरु बोकेर आदिम कालदेखी आधुनिक कालसम्म आइपुग्दानपुग्दै हाल भने विभिन्न बिद्रोह र परिवर्तनका बुलन्द आवाजहरूले यो सभ्यता जिर्ण हुँदै गरेको संकेत देखिन्छ। हुनत यो सर्वथा सहि पनि छ तर त्यही सहि सँगै केही गलत धारणा र सिद्धान्त पनि नजन्मेको भने पक्कै होइनन। मानवको परिवर्तनमुखी स्वरूप भित्र लपेटिएर आएका गलत धारणा र सहि स्वरुपलाई गलत अर्थतर्फ मोडिने बिचारहरूको भने घोर भत्सर्ना गरिनु जरुरी देखिन्छ।

हुनत संस्कार भित्र कु-संस्कार र संस्कृति भित्र विकृति पनि स्वत: जन्मिएर आउँछन तर मानव मस्तिष्कले बनाउने संस्कार सदैव मानवतामुखी हुनुपर्ने मेरो व्यक्तिगत धारणा छ। संस्कृतिले पृथक पहिचान निर्माण गरिनु जरुरी छ तर मानवीय मान्यता र मानवता माथी भने प्रहार गरिनु सर्वथा अनुचित बन्दछ। यस्तै सहि भित्रको गलत र संस्कार भित्रको कु-संस्कारलाई उद्धृत गर्दै पुर्वीया सामाजिक स्थितिमा नारी स्वतन्त्रताको आवाज र यसभित्र लपेटिएको नकारात्मकता साथै नारी संरक्षण र सम्मानको अवमूल्यनका पक्षहरू लाई यहाँ खुलासा गर्दछु। उल्लेखित बिचार र सामाजिक स्थिती खण्डन लेखक स्वयंका बिचार र धारणा हुन भने यसमा कोहि कुनै सामाजिक वा सांस्कृतिक बिचारपद्धति तथा साम्प्रदायिकताको जिम्मेवार भुमिका रहने छैन।

पुर्वीय वैद्धिक समाजमा नारिको स्थान:

पुर्वीय समाज हिन्दु समाज वा वैद्धिक समाज हो। सनातन धर्म ‘हिन्दु’ को उदगम स्थल मात्र नभई ठोस केहि मानवीय विकृति स्थापित सभ्यता पनि हो। उसोत कुनैपनी समाज वा सभ्यताको हकमा हेर्ने हो भने आफ्नै किसिमका विकृति विद्यमान पाइन्छन तर त्यसको मुल्यांकन कसरी गरिन्छ त्यसमा पनि भर पर्ने कुरा हो। विशेषत: यहाँ मैले वैद्धिक समाज अर्थात हाम्रो समाजमा रहेको नारीको स्थिती सन्दर्भमा तथ्य प्रस्तुत गरिरहेको छु। प्रकृति वा दुर्गाको र लक्ष्मिको रुपमा पुजिने नारी जातिको स्थान त्यसैपनी हाम्रो समाजमा उच्चनै छ तर त्यो पुजनलाई गलत ढंगले प्रस्तुत गरियो। नारीलाई सौन्दर्यको प्रतिमुर्ति, लज्जा र कोमलताको मुहान अनि बहादुरी र कुटिलताको भण्डार पनि मानिन्छ तर यसको प्रयोग सिमित मात्र भेटिन्छ। देवि भगवती वा अपुर्व शक्तिशाली मानिने नारी हिन्दु परम्पराको आधारमा पुज्य छन र यो उनको अधिकार पनि हो। सम्भवत: नारी आराधनाको अधिकारी एक हिन्दु वा वैद्धिक सभ्यतामा मात्रै होइन समग्र मानव सभ्यतामै यसको हकदार हुन किनकी उनी केवल एक नारी मात्र होइनन् एक आमा हुन, दिदिबहिनी हुन, साथी वा जीवनसाथी पनि हुन। यहाँ हामिले तथ्यहरू पेश गर्नुपर्दा सिताजीको स्वतन्त्रता र आत्मसम्मानको निम्ति रावण संहार, द्रोपदीको अपमान र गलत लान्छनाको भरपाईको निम्ति कुरुक्षेत्रको महायुद्ध, गंगा यमुना पुजन लगाएतका कथित वा लिखित तथ्य प्रस्तुत गर्न सकिन्छ। सुन्दरता, श्रृङ्गार तथा सम्मानमा नारीको निम्ति कुनै कमि पुर्वीया समाजको हकमा नदेखिएतापनि व्यवहारीक रूपमा भने व्यक्तिको सोच र धारणा अनुरूपको व्यवहार प्रदर्सन गर्ने गरिएला त्यसको भरपाई कसरी गर्ने भन्ने उपाएको खोज गरिनु पनि जरुरी छ।

पछिल्लो समय बारम्बार उठिरहने नारी स्वतन्त्रताको मुद्दा र पुर्वीय समाज केवल एक दम्भी पितृ सत्तात्मक समाजको लान्छना पनि नाजायज होइन तर बिद्रोह गर्ने कुरामा जति मुद्दा उठान गरिन्छ साहेद उति सबै चाहिँ स्वभाविक नहुन सक्छन भन्ने मेरो आत्म बुझाई छ। हुनत कोहीले पिरो लाई स्वादिलो मान्ला या कोहीले अमिलो गुलियो लाई त्यो उसको जैविक स्वभावमा आधारित हुने कुरा हो त्यसैले यहाँ मेरो बुझाइमा सबै सहमत हुनुपर्छ भन्ने चाहिँ होइन तर यथार्थ जहाँसम्म हो त्यहाँसम्म भने सबैको नजर पुग्नैपर्ने पनि हो। मेरो समाज कमि कमजोरी बिहिन समाज हो भन्ने ट्याग त म पनि दिन सक्दिनँ तर जति कमजोरीको आरोपित छ उतिनै सबल र सुन्दर पनि छ। चाहे त्यो नारिको हकमा होस चाहे धार्मिक वा सांस्कृतिक सम्रदायको हकमा होस। हाम्रो स्वतन्त्रताको अत्यधिक प्रचण्ड माग र त्यसले निम्त्याएका प्रभाव तथा दुर्भावहरूतर्फ पनि यो समाज अपरिचित कदापी छैन। म यहीँबाट केवल यति कुराको ऐलान गर्न चाहान्छु कि झार उखेल्ने क्रममा फुलको जरा समेत काटिनु हुन्न। अर्थात भन्न चाहान्छु नकारात्मकताको सफाया गर्दा सकारात्मकताको बीउ मास्नुहुन्न अन्यथा त्यसको प्रभावले सामाजिक स्थिती झन विकृत हुनपुग्छ र भइरहेको पनि छ।

वर्तमान समयमा स्थित नारी संरक्षण र सम्मानको अनर्थ:

मैले सकारात्मकताको अवमूल्यन समाज लाई विकृत बनाउने सशक्त पाटो हो भन्नेकुराको अग्रिम उल्लेख गरिसकेको छु। आज हाम्रो समाजमा बढिरहेका विकृतिको प्रमुख कारणननै उच्च स्वतन्त्रताको माग तथा आरक्षण र सकारात्मकताको अवमूल्यन हो भन्न म हिच्किचाउँदिनँ। समाजमा विद्यमान समग्र संस्कृति र संस्कारहरू पुस्ता हस्तान्तरणको लागि जरुरी र योग्य पनि नहुन सक्छन। तर जति उचित र योग्य छन तिनीहरुको संरक्षण गरिनु पनि मानव धर्म हो। बिषय प्रसंगले गलत अर्थ नलेओस तर म यहाँ उल्लेख गर्न गइरहेको छु वास्तविकताको परिधिभित्र उर्लिएका भ्रमात्मक सोचका अर्थहरू।

राज्यको कानुन दलितमैत्री र महिलामैत्री छदैछ यसमा साहेद दुई मत छैन। तथापी यसको व्यवहारिक पक्ष भने दुर्वलनै छ र यसलाई दुर्वल बनाउने न सरकार एक्लै हो न त जनता नै। तपाईं हामी जस्तै जनसमाजको अनास्था र कानुन संयन्त्रको कटिबद्धता बिहिन र जवाफदेहीताको कमि सबै जिम्मेवार छन। यहाँ जब महिला अधिकार र शोषण तथा दमनको कुरा आउँछ तब प्रसारित उक्त धारणाहरूको सान्दर्भिक संशोधन गरिनु आवश्यक ठहर्छ। कुरा गर्दै गर्दा साहेद अलिक तितो अवश्य लाग्न सक्छ तर त्यस्तो अनुभुति पनि त्यहीँसम्म हुन्छ जहाँसम्म सन्दर्भ सत्य हुन्छ। नपत्त्याए हेर्नुहोस हालको सामाजिक स्थितिलाई जहाँ महिलाको स्थान र स्तर पुरुषको भन्दा उच्च छ। चाहे त्यो सम्पत्ति स्वामित्वको कुरा होस चाहे पारिवारिक वा प्रेमको कुरानै होस। अनि महिला पछि कसरी? सशक्त महिला समाजको प्रादुर्भावले आज महिलाहरूले भन्दा अधिक पुरुषले शोषण झेल्दै छन तर त्यसको भरपाई भने कहिँ कतैबाट पनि आउनेवाला छैन।

साहेद आज समाजमा बलत्कारी बढ्ने थिएन होला चेलीबेटीले बाबा आमा र अभिभावकको आरक्षणको बिरोध गर्दै भिडमा नउत्रीएको भए। मैले यहाँ निर्मला पन्त लगाएतको निरीह चेलिहरुको कुरा समेट्न खोजेको होइन न त आफ्नै पिता वा दाजुभाइ द्वारा बलत्कृत हुनेहरूलाई नै जोडेको हुँ। उपरोक्त घटना प्रसंग सँग जोडिन आउने पुरुषहरू पुरुष होइनन राक्षस थिए त्यसैले पौरुषत्वलाई कलंकित बनाएर छोडे अनि उनीहरु नर थिएनन बरु नरको बहुरुपिया पशु थिए जसले समग्र समाजको इतिहासलाई कालो पोतेर गए। त्यसको अतिरिक्त आज आमाले भन्दै गर्दा “छोरी तिमी एक्लै बाहिर नजाउ है” अथवा “छोरी एक्लै भिडमा नजाउ है” भन्दै गर्दा छोरी भएकै कारण आफ्नो स्वतन्त्रतामाथी संस्कारको बोझ बोकाएको वा स्वतन्त्रता को चारैतिर पर्खाल लगाइ आफुलाई कुण्ठामा राखिएको सम्झिने चेलीले भोग्ने गरेकै हुन्छ्न त्यस्ता अनगिन्ती हिंसात्मक घटनाहरू।

आज मेरि बहिनी बाबाको हात समातेर बजार निस्किन्छिन अनि शरीरभरिको कपडा लगाएर तब साहेद उनिमाथी तेर्सिने सिकारी नजरका भालाहरू बाट उनी सुरक्षित हुन्छिन। अनि के आमाले एक्लै बाहिर नजाउ है छोरी भन्नुले उनलाई कुण्ठामा राखेकोनै सम्झिने? समाजले सबै छोरीलाई भन्ने गर्छ शरीरभरिको कपडा लगाएर मात्र हिड्ने गर तब छोरीहरूले आफ्नो हक र स्वतन्त्रतामाथी प्रहार गरेको सम्झन्छन तब त्यसको नतिजा के हुन्छ? नाङ्गो शरीरका प्यासी ब्वाँसाहरु सोझिन्छन लुछ्नको निम्ती। अनि के भन्न सक्नुहुन्छ समाजले दिएको निर्देशनले हाम्रा छोरिहरूको चाहाना लाई कुण्ठितनै पारेको हो? यसको जवाफ सम्भवत: आउन नसक्ला। संस्कार र कर्तव्य सिक्नुपर्छ छोरी भनेर आमाले सिकाउँदै गर्दा उफ्रीने तिनै छोरीहरु श्रीमान र सासुको टोकेसो पोख्न आशुको धारा बगाउँदै माइतिको काखमा लपेटिन आउँछिन अनि के आमाले दिने संस्कार र निर्देशनले उनको अधिकार सिमित गरेको छ? आदरणीय महिला दिदिबहिनी पुरुषको मात्र खोइरो नखनिकन एकपटक आफ्नै नारीत्वमाथी प्रश्न गर्नुहोस त आखिर तपाईंलाई दमन कसले गरेको छ? नारीलाई दमन पुरुषले भन्दा अधिक नारीलेनै गरेको छ अनि प्रश्न पुरुष समाज र यसको प्रधानता माथी मात्र किन?

परिस्कृत नारी उच्च स्वतन्त्रताको परिणाम:

आजको समयमा नारीले मागेको परिस्कृत स्वतन्त्रता गलत होइन तर सहि कुरालाई मुल्यांकन नगरी पर्दापछाडी लुकाएर चिच्याउनु सहि नहोला। उच्च स्वतन्त्रताको मागले आज नारी संस्कृति परिस्कृत होइन बरु भ्रष्ट हुन पुगेको छ। शरीरको 10 प्रतिशत क्षेत्रफल नढाक्ने पहिरनले व्यवहारीक पक्षमा मात्रै नभएर सांस्कृतिक क्षेत्रमा समेत कतिसम्म तहसनहस भएको छ भन्ने कुरालाई अंगिकार गरिनुपर्ने जरुरी छ। शिर देखि पाउसम्म झप्पकै लाउने हाम्रो सांस्कृतिक पहिरनलाई कुनाको मुसाले घर लाउने ठाउँमा हुत्त्याएर समाजलाई उत्तेजित पार्ने किसिमका पहिरन लगाएर आफ्नो नाङ्गो शरीर प्रदर्सन गरि कुन सौन्दर्य देखाउन खोजेको हो बुझ्न नसकेको कुरा। नाङ्गो शरिरिक संरचनाले जगाएको उत्तेजनाले निम्त्याएको परिणामले चिच्याउँदै कानुनका ढोका ठोक्नुभन्दा अगावै सोच्न जरुरी छैन र विपरीत लिङ्गी प्रतिको गहिरो आकर्षण र आशक्तिको कुरा? आज गाउँका पाखाहरुमा घाँसपात गरिरहेका नारिहरूमाथी यस्ता घटना सम्भवत: तुलनात्मक रुपमा कमै पाइन्छन् ।

नारी स्वतन्त्रताले उठाएका मुद्दा र आवाज सबै सहि छन तर त्यसको समुचित प्रयोग गरिनुपर्छ भन्ने हाम्रो धारणा हो। आज नारीको आवाजले बालविवाह न्यूनीकरण गर्नुपर्ने ठाउँमा तिनै छोरीचेली एघार बर्षको उमेरमा बच्चाको आमा बन्छिन तर नारी आवाजले बुलन्द रुपमा पुरुषकै मात्र खेदो खन्छन। जसको फलस्वरूप आज बालविवाह, पारपाचुके, बाल मृत्यदर, मातृ मृत्युुदर तुलनात्मक रुपमा घट्नुको सट्टामा बढिरहेको छ। दस बर्षको नानिले प्रेमिले धोका दियो भन्दै आत्महत्या गर्न तम्सिन्छन। यहि हो नारी स्वतन्त्रता र अधिकारको उपज। पारिवारिक अनुशासन सांस्कृतिक परिधिभित्र बसेका नारीहरूको हकमा उपरोक्त बिषय एउटा आरोप मात्र हुनसक्छ। तथापी बहुसंख्यक नारीको लागि भने सान्दर्भिक सवाल नै हो।

स्वतन्त्रताले कर्मठ बनाउनेतर्फ लक्ष्यित गर्नुपर्छ तर भ्रष्ट र अकर्मण्यता तर्फ होइन। पप र बार हरूमा बियर, ब्ल्याक लेभल, ह्वाइट लेभल र ह्विस्की हरूको साथमा चार इन्चको लुगा लाएर कम्मर हल्लाउनु भन्दा रोधिको आँगनमा सभ्यता र सांस्कृतिक संरक्षणको साथ नाचिनु ठिक हो तर नारी स्वतन्त्रता र आधुनिकता सभ्यता र सांस्कृतिलाई ठाडै लात हान्ने गरेको छ। सशक्त बनेर कर्म गर्नु र आफ्नो क्षमता प्रदर्सन गरेर जिविका चलाउन कसले रोकेको छ र तर यहाँ अधिकारको नामले बरु अकर्मण्यता निम्त्याएको छ। हामी त नारी भनेर निर्धारित कर्मभन्दा दस कदम पछि जाने अनि पुरुषलाई अघि धक्ल्ने ठाउँमा पुरुषहरूको हकमा पनि समानुपातिक संरक्षणको नियम लागू गरियोसन अनि पो बन्छ सक्षम र सबल समाज। अनि पो प्रतिबिम्बित हुन्छ वास्तविक नारी स्वतन्त्रता र सशक्तीकरण। पुरुषले बिदेशमा परिवारको निम्ति सास प्राणलाई बन्धक राखेर दिलाएको समृद्धि र सम्पत्तिको कदर गरियोसन अनि झल्किन्छ वास्तविक नारी स्वतन्त्रता र महानता। आफुलाई पाल्न सक्ने र सानाठूला आवश्यकता सहजै परिपुर्ति गराउन सक्ने सक्षम पुरुषको खोजी गर्नुभन्दा आफ्नो निम्ति समर्पित हुनसक्ने पुरुष र छोराछोरी लाई आफुले पाल्न सक्छु र मागहरू पूरा गर्न सक्छु भन्ने धारणा र क्षमता बनाउनुहोसन अनि पो झल्किन्छ तपाईंको कुण्ठित सक्षमताको यथार्थता। मुखले प्यारप्यार गर्दैमा तपाईंको क्षमता कहाँ प्रयोग हुने हो? बारम्बार भनिन्छ अवसर पाएमा नारीले सबैथोक गर्न सक्छन र यो सत्यपनी हो तर उनैको निम्ति जुन कर्मठ छन र वास्तविक परिस्कृत स्वतन्त्रता चाहान्छन सबैको निम्ति भने उखान मात्र हो।

समाज र राष्ट्रले तपाईं लाई के के मात्र दिएन होइन तपाईंले समाज र राष्ट्रलाई के के दिन सक्नुहुन्छ त्यसको तथ्यांक बनाउनुहोस अनि कार्यान्वयनमा लाग्नुहोस तब तपाईंको स्वतन्त्रता माथी अंकुश कसैले लगाउँदैन तर पढेर आफ्नो उज्ज्वल भविष्यको निर्माण गरोस भन्दै शहर पढ्न पठाएको छोरी बिचमै सपना तुहाएर भाग्ने वा त्यति भएन भने पेट बोकेर गाउँ फर्किने हो भने किन बजाउनु नारी स्वतन्त्रताको नौमती? छोड्दा हुन्छ महिला अधिकार नामको वकालती। यहाँ उल्लेखित कतिपय शब्दहरू तिखा र बिझाउने हुनसक्छन् तर सत्यता पनि हो। प्रत्यक दिन उर्लिइरहेका स्वतन्त्रता र अधिकारको आवाजले लिएका विकृत स्वरुप हुन। जहाँ नारीका दस गलती नदेखिने तर पुरुषको एक गलती पनि देखिने गर्छ। नाटकको मञ्चन तिनै नारीले गर्छन तर सजाय पुरुषले भोगेका छन। नपत्त्याए हेर्नुहोस कैयन यौन शोषणका मुद्दाहरू जहाँ मन मिलेसम्म सम्झौता अनि अलिक फाटो आउनासाथ शोषण देखाइएको छ। अनि हेर्नुहोस ती अनगिन्ती खाडिका कामदार जसको पसिना जमिनमा सुक्न सम्म पाएको हुन्न आँसुको खहरे पिउनु परेको हुन्छ। एउटा व्यवहारीक कुरा हेरौँत नारीले लाखको सुनको गहना माग गरेको बेला त्यसको सम्बोधन गर्ने पुरुषको खुट्टामा हजारको जुत्ता र शिरमा पाँच सयको टोपी छ या छैन? अनि कसरी पछि परेको मान्ने हाम्रो महिला मित्रहरूलाई।

नारी स्वतन्त्रता र अधिकारको निम्ति अनिवार्य तत्वहरु

प्राथमिकता छनोटमा कमजोरी हुनसक्छ तर सुधार गर्नुपर्ने मुख्य प्राथमिक तत्वहरु पनि नभएको कदाचित होइन जसको परिवर्तनको निम्ति पुरुष वा महिला एक्लैले होइन दुवैको सहकार्यमा परिवर्तन हुन सम्भावना हुन्छ। त्यसको निम्ति बिचार रुपान्तरण र परिस्कृत धारणाको विस्तार आवश्यक छ। बिहेमा चेलिलाई दिइने दाइजो अभिभावकको प्रेम हो तर त्यही ठाउँमा पुरुषले तोकेर माग्छ भने त्यो चाहिँ प्रथा हो। मातापिताले आफ्नो हृदयको टुक्रा दिदा पनि नपुग्नेलाई सम्पत्तिको मोह भयो भने त्यो साच्चिकै विकृति हो जसको अन्त्य आवश्यक छ। यो एउटा साम्प्रदायिक रुपमा स्थित प्रथा हो तर आरोपीत समग्र पुरुष छन। सरकारले यसको पहिचान गरि यथाशीघ्र कारवाही थालनी गर्नुपर्छ। निर्धारित नीति नियम कडाइका साथ पालना गरिनुपर्छ नकि कागजमा मात्र सिमित होउन। कानुनी संयन्त्रले कुनै एकको अत्याधिक संरक्षण होइन मैत्रीपुर्ण पक्षलाई आत्मसात गरिनुपर्छ। प्राकृतिक नियम महिनावारीलाई छाउ गोठमा अपमान र उपहासको शैलीमा होइन बरु पुर्ण सुरक्षा र सहयोगको जरुरत पर्दछ र भेदभाव नराखी उनको श्रद्धा पुर्वक ख्याल गरिनुपर्छ। देउकी झुमाको रुपमा छोरीलाई चढाएर मानवताको सिर मुण्डन होइन छोराछोरीलाई समान आस्था र प्रेमले मानवताको भित्तामा अर्को रङ पोतिनु पर्छ।

पुरुषले महिला लाई गरेको आस्था र श्रद्धाको भावमा मिसावट नगरी र मोहोडा नबदलेर जबसम्म केवल बिसुद्ध आस्था राखिदैन तब सम्म समानुपातिक मैत्रीपुर्ण समाजको स्थापना एउटा उखान मात्रै नबन्ला भन्ने केही छैन र जबसम्म पुरुषले गरेको त्याग र समर्पण लाई आत्मसात गरेर सांसारिक रथमा समान हिस्सेदार बन्न नारी तत्पर रहदैनन तबसम्म सृष्टिको न्यायोचित विस्तार अर्को एउटा एकादेशको कहानी बन्ने कुरामा पनि म संका देख्दिनँ। प्रेमिल मैत्रीपुर्ण आदर्श मानव समाज स्थापना गर्नको निम्ति पुरुषले नारीको सौन्दर्यको निशाना अनि नारीले पुरुषहरूको सम्पत्तिको आहारा बनाउन मात्र छोडेपनी उदेश्यको निकै नजिक पुगिने छ। यहाँ केवल मुद्दा नारी पुरुष बिचको मात्र होइन नारी नारी बिचको पनि सुल्झाउन आवश्यक छ। आदर्श बुहारी चाहानेले आदर्श छोरी बनाउन सक्नुपर्छ भने आदर्श भाउजू चाहानेले इमानदार स्त्री बन्न सक्नुपर्छ। जहाँ पुरुषले सासुलाई आमा र साली लाई बहिनी मान्न सक्छ भने त्यही समाजमा नारीले सासुलाई बोक्सी र नन्दलाई डाहारे मान्न छोड्यो भने ग्यारेन्टी दिन सकिन्छकि तपाईंको स्वतन्त्रता र तपाईंको अधिकारको पचहत्तर प्रतिशत तपाईंकै हातमा थमिने छ। अनि समाजमा बिद्रोह गर्दै असान्ती किन मच्चाउने र नारी स्वतन्त्रताको नाममा समाज विकृत किन बनाउने? स्त्री ले पुरुषको त्याग र समर्पणको कदर गरौं अनि केवल चन्द्रमाको दागलाई औंल्याए बस्न छोडेर सिंगो चन्द्रमाको आकर्षक सौन्दर्यमा रमाउन सिकौं साथै पुरुष मित्रले पनि नारिको इज्जत गरौं र आस्थामा बढवा दिउँ। आदर्श समाज र आदर्श मैत्रीपुर्ण समाज तपाईं हाम्रै हातमा छ। नारी वा पुरुष भएर होइन पहिलोपटक मानिस भएर स्थापित हुने जमर्को गरौं। संसारको सुन्दरता अवर्णनिय हुनेछ।

उपरोक्त लेख मैले कुनै खास जाती, वर्ण वा सम्प्रदायको प्रतिनिधित्व गरेर लेखेको होइन नत आफू पुरुष भएकैले लेखेको हुँ । मैले नत माताको मातृत्वमाथी प्रश्न गरेको छु नत बहिनिको भातृत्वमाथी नै। तर मैले यहाँ हाम्रो समाजमा विद्यमान केही तिता सत्यहरुलाई उद्धृत पार्ने प्रयत्न गरेको छु र साथै तिनको संसोधन र समाधानको निम्ति आवाज पनि दिएको छु। मैले व्यक्त गर्न खोजेको कुरा द्वारा कुनैपनी नारीलाई व्यक्तिगत रुपमा चोट पुर्‍याउने अभिप्राय नभएर समग्र नारीवाद र यो भित्रका फस्टाउँदै गरेका विकृतिका कसिङ्गर हरुलाई संकेत गर्न खोजेको हुँ। उपरोक्त लेख कुनैपनी संगठन, सम्प्रदाय वा क्षेत्रको प्रतिनिधित्व नगरेर मेरा आफ्ना मत र तिनको विवेचना भएकोले यसको निम्ति म स्वयंनै जवाफदेही रहने कुरा पनि अवगत गराउँदछु।