उपत्यकामा थप ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा थप ७४२ जना डिस्चार्ज

काठमाडौँ, उपत्यकामा थप ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनामा कोरोना संक्रमण देखिएको हो । आइतबार मात्र उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका थिए ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५४ हजार ६४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७४२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।