गायक दुर्गेश थापा चलचित्र ए मेरो हजुर ४ मा देखिने

काठमाडौँ, गायक दुर्गेश थापा चलचित्र ए मेरो हजुर ४ मा देखिने भएका छन ।दुर्गेशले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत निर्देशक झरना थापा, निर्माता सुनिल थापा र कोरियोग्राफर रामजी लामिछानेसँगका संयुक्त तस्बिर सार्वजनिक गर्दै आफू चलचित्रमा एउटा गीत र केही दृश्यमा देखिने गरी सम्झौता भएको जानकारी दिएका हुन् ।

‘ए मेरो हजुर ४ मा म पनि जोडिएको खबर सुनाउन पाउँदा निक्कै खुशी छु । यो प्रोजेक्ट मा जोडीने अवसर दिनुभएकोमा सुनिल थापा दाई, झरना थापा दिदी र रामजी लामिछाने दाइ प्रती आभारी छु ।’ उनले भनेका छन् ।

कोरोना महामारीका कारण विगत ६ महिनादेखि रोकिएको चलचित्रको छायांकन आउँदो शुक्रबारदेखि सुरु गर्ने निर्माणपक्षले तयारी गरेको छ । चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।