भालुको आक्रमणबाट एकजना गम्भीर घाईते

बाजुरा, बाजुरामा भालुको आक्रमणबाट एक जना गम्भीर घाईते भएका छन्।

जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १० सिगाडामा भालुको आक्रमणबाट ३६ वर्षीय युवक मने साउँद घाईते भएका हुन् ।बिहान घर नजिकै शौचालय गर्न जाने क्रममा भालुले आक्रमण गरेपछि घाईते साउँदको अवस्था गम्भीर रहेको बताईएको छ ।
उनको अनुहारमामा चोट लागेको पारिवारिक स्रोतले जनाएको छ।

घाइते साउँदको अछामको बयलपाटा अस्पतालमा उपचार भैरकेको बताइएको छ ।