एक महिलाको शव अर्धनग्न फेला

बैतडी, बैतडीको दशरथचन्द नगरपालिका–६ सेरा नजिक एक महिलाको शव अर्धनग्न फेला परेको छ ।चौलानी नदी किनारमा ३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । शव आइतबार दिउँसो फेला परे पनि अझै सनाखत हुन सकेको छैन् ।

स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको शरीरमा घाउ चोट रहेको र करिब एक हप्ता अगाडी मृत्यु भएको हुन सक्ने बताइएको छ ।हत्या गरेर फालेको हुनसक्ने आशंकामा छानविन सुरु गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

शरिरमा रहेको चोट र अर्धनग्न अवस्थामा भेटिएको शवले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।