नेपालमा थप १ हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

कुल संक्रमितको संख्या ७३ हजार ३९४

काठमाडौँ, नेपालमा थप १ हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५७३ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५३ हजार ८९८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८८५ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७३।४ प्रतिशत संक्रमित निको भएका छन् ।हाल नेपालमा १९ हजार १९ संक्रिय संक्रमित छन् ।

संस्थागत आइशोलेशनमा ८ हजार ३२१ जना रहेका छन् । होम आइसोलेशनमा रहनेको संख्या १० हजार ६९८ छ । अहिले क्वारेन्टाइनमा ६ हजार २८१ रहेका छन् । आज १० हजार १२३ जनाको पिसिआर परिक्षण गरिएको छ ।