नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठले कोरोना परिक्षणको लागि शनिबार नीजि ल्याबमा स्वाब दिएका थिए ।

आइतबार रिपोर्ट पोजेटिभ आएको उनले बताए ।संक्रमण देखिएसँगै श्रेष्ठ होम आईसोलेसनुमा बसेका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सजग रहेर पीसीआर परिक्षण गर्न आग्रह गरेका छन् ।यसअघि कांग्रेसका महामन्त्री शशांक कोइराला, सांसद तथा उद्योगी विनोद चौधरीलाई पनि संक्रमण भएको थियो ।

अहिले उनीहरु निको भैसकेका छन् ।