सुर्खेतमा साहित्य सांझको प्रारम्भ

सुर्खेत, सुर्खेतमा साहित्य साँझको प्रारम्भ भएको छ । युविन क्याफेका संचालक निश्चल युवराज द्धारा बीरेन्द्रनगर एरिचोकमा हप्ताको प्रत्येक शुक्रबार साँझ ६ः०० बजे युविन साँझ संचालन हुने गरेको छ ।

गएको हप्ता सुर्खेतका युवा गजलकार हिमाल सरोवर र दाङका गजलकार पुनम थापाले आफ्ना रचना प्रस्तुत गरेका थिए । नेपथ्यमा रहेका नयाँ सर्जकलाई पर्दा अगाडि ल्याउनु र नेपाली साहित्यको जर्गेना गर्नु उक्त युविन साँझको उदेश्य हो संचालक युवराजले बताएका छन । सो कार्यक्रमको संचालन गजलकार भरत प्रमोद दाहालले गरेका थिए ।