कोरोनाविरुद्धको खोप चीनले मंसिरभित्रै बिक्री बितरण शुरु गर्ने

काठमाण्डौ, चिनीयाँ अधिकारीहरुले कोरोना भाईरस कोभिड १९ बिरुद्दको खोप सन् २०२० को नोभेम्वर मध्यसम्म विक्री वितरण शुरु गर्ने घोषणा गरेका छन् । खोप सम्वन्धि काम गर्ने चीनको सरकारी निकाय रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सिडिसि० का अनुसार खोपको अन्तिम परिक्षण पनि सफलतापूर्वक सम्पन्न भएपछिसरकारले उक्त मिति भित्रै सामान्य जनताले प्रयोग गर्न पाउनेगरि तयारी शुरु गरेको हो ।

‘तेस्रो चरणको क्लिनिकल परीक्षण सहज रूपमा अगाडि बढिरहेको थियो र खोपहरू नोभेम्बरसम्म आम जनताको लागि तयार हुन सक्छ’ सीडीसी प्रमुख बायोसेफ्टी विशेषज्ञ गुइजेन वुको भनाई उल्लेख गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चीनले तयार गरेका कोरोना भाईरस बिरुद्दका खोपहरु चार वटा छन् । ३ जुलाईमा शुरु गरिएको आपतकालीन प्रयोग कार्यक्रम अन्तर्गत ति खोप अति आवश्यक कामदारहरुलाई आपतकालिनरुपमा प्रयोग गर्न प्रस्ताव गरिएको छ । यो कार्यक्रम चीनले जुलाइ महिनामै सार्वजनिक गरेको थियो ।

संयोग के छ भने कोरोना भाइरसको विषयलाइ लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक पटक चीन विरुद्ध आवाज उठाइरहेका छन् । तर, चीनले सार्वजनिक गर्न लागेको खोपमा भने चीनको सरकारी चाईना नेशनल फार्मास्यूटिकल ग्रुप ९सिनोफर्म० र संयुक्त राज्य अमेरिकासित संवन्धित सिनोवाक बायोटेकको सहकार्य रहेको छ ।