के तपाईलाई रिगंटा लाग्यो ? २ मिनेटमा निको हुनेगरि यसरी गर्नुहोस उपचार

रिंगटा लाग्नु अर्थात चक्कर आउने समस्यालाई बोलीचालीको भाषामा टाउको घुमाउने भनिन्छ । यो समस्या प्राय मानिसले अनुभव गरेका हुन्छन् ।अत्यधिक गर्मी हुदाँ, औषधीको असर हुदाँ, खानाको गडबढी लगायतका कारणले रिंगटा लाग्ने गर्दछ । यो समस्या कहिलेकाहि भए त यसको खासै असर हुदैन तर नियमित भएमा यो गम्भिर समस्या हुनसक्छ ।

चक्कर आउने समस्याबाट छुटकारा पाउन टाउको विभिन्न पोजिसनमा राख्ने अभ्यास गर्नु पर्दछ । टाउकोलाई बायाँ तर्फ ४५ डिग्रीको कोणमा घुमाई लगत्तै उत्तानो परेर सुत्नु पर्दछ । ३० सेकेण्डसम्म टाउको बायाँ तर्फ फर्काएर राख्नु पर्दछ ।

त्यसपछि टाउको दायाँ तर्फ घुमाउने र ३० सेकेण्डसम्म टाउको त्यसै गरेर राख्नु पर्दछ । यसपछि पूरै शरीर दायाँ कोल्टे फर्केर ३० सेकेण्डसम्म सुत्नु पर्दछ । ३० सेकेण्डपछि सिधा हुने गरी बस्न पर्दछ ।

यो उपाय बायाँ तर्फबाट चक्कर आउने समस्यामा मात्र उपयोगी हुन्छ । यदि दायाँतर्फबाट चक्कर लाग्ने समस्यामा यो उपाय गरियो भने यसले झन् बढि नकारात्मक असर पार्दछ । यदि दायाँ तर्फ समस्या बढी देखिएको छ भने यहि प्रक्रिया सिधा उल्टो पार्नु पर्दछ । यदि यसबाट लाभ नमिलेमा चिकित्सकको सल्लाह लिनु उपयोगी हुन्छ ।