प्रधानमन्त्रीका निजी डाक्टर दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ, प्रधामन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा डा दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम की डीनसमेत रहेकी डा शाहलाई केही दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र थकान महसुस भएपछि शुक्रबार पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।हाल उनी होम आइसोलेसनमा रहेकी छन् ।

आफ्नो सम्पर्कमा आएका सबै व्यक्तिलाई सर्तक रहन र केही लक्षण देखिएमा परीक्षण गर्न समेत उनले आग्रह गरेकी हुन् ।