कोहलीलाई १२ लाख भारु जरिवाना

एजेन्सी, इन्डियन प्रिमियर लिग आईपिएल क्लब रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीलाई १२ लाख भारु जरिवाना गरिएको छ ।गएराति किंग्स ११ पन्जाबविरुद्धको खेलमा स्लो ओभरु गरेको भन्दै आईपीएलले १२ लाख भारु ९१९ लाख नेपाली रुपैयाँ जरिवाना गरेको हो ।

पन्जाबविरुद्ध फिल्डिङमा रहेका कोहलीले पन्जाबका कप्तान केएल राहुलले प्रहार गरेको दुई बल क्याच छाडेका थिए । राहुलले ८३ रन र ८९ रन बनाएर खेलिरहँदा कोलहीले क्याच मिस गरेका थिए। सो खेल पन्जाबले ९७ रनले जितेको थियो ।आइपिएलका अनुसार ुन्यूनतम ओभर गतिु उल्लङघन गरेको भन्दै कोहलीलाई जरिवाना गरिएको हो ।

राहुलले सो खेलमा ६९ बलमा ७ छक्का र १४ चौकाको सहयोगमा १३२ रन बनाएका थिए । जुन यस सिजनकै पहिलो शतक हो ।पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटिएको थियो ।