भारतले चीनलाई गोली चलाउन सक्ने चेतावनी

काठमाडौं, चीनलाई भारतले पिएएलका सैनिक अघि बढे चारैतीर सैनिकले उनीमाथि गोली चलाउने सक्ने चेतावनी दिएको छ ।द हिन्दूको एक रिपोर्टमा भारतीय शीर्ष अधिकारीले यस्ता बताएका हुन् । अधिकारीले भने, ‘अब हामीले चीनलाई भनिदिएका छौं कि यदि तपाईंहरु हाम्रो नजिक आउनु हुन्छ भने हामी गोली चलाउनेछौं ।

सैनिकलाई पनि आत्मरक्षामा गोली चलाउने अधिकार दिइएको छ ।’पछिल्ला दिनमा पूर्वी लद्दाख त्यो ताल नजिकै भारती र चिनियाँ सैनिकबीच थुप्रै पटक हवाई फायरिङ भएको छ । भारत र चीनबीच भएको छैटौं चरणको वार्तामा दुबै देश सीमामा थप सैनिक नपठाउने विषयमा सहमत भएका छन् ।भारतीय अधिकारीले भारतले सीमामा आफ्नो बलियो उपस्थिति स्थापित गर्ने बताएको छ । उनले भने, ‘हाम्रो धारणा स्पष्ट छ, चीन पहिला आएको थियो त्यसैले चीन नै पहिले हट्नु पर्छ ।

’भारत र चीनका सैनिकबीच जूनमा गलवान घाँटीमा झडप भएको थियो जसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनले आफ्नो हताहत भएका सैनिकको संख्या जारी गरेको छैन । मिडिया रिपोर्टमा चीनका सैनिक मारिएको पनि दाबी गरिएको थियो ।