बुटवलमा दुईजना कोरोना संक्रमतिको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन ८, बिहीबार १३:५१
प्रकासित समय : १३:५१
काठमाडौं, बुटवल कोरोना विशेष अस्पतालमा दुईजना कोरोना संक्रमतिको मृत्यु भएको छ।
अस्पतालमा उपचाररत नवलपरासी रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको आज विहान ४ बजे मृत्यु भएको हो। भदौ २७ गते अस्पताल भर्ना भएका उनमा कलेजोको समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिए। यस्तै कपिलवस्तु बुद्धभूमि नगरपालिका ६ का ५० वर्षीय पुरुषको आज विहान ७ बजे मृत्यु भएको हो।
असोज १ गते अस्पताल भर्ना भएका उनमा मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ। दुवै संक्रमितको भेन्टिलेटरमा राखेर उपचारका क्रममा मृत्यु भएको डाक्टर खनालले जानकारी दिए।