हराएको भनिएको ५८ वर्षपछि फेला

काठमाडौं, हराएको भनिएको ११ नम्बरको सीमास्तम्भ ५८ वर्षपछि फेला परेको छ ।हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरीको नेतृत्वमा गएको नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले बुधबार उक्त सीमास्तभ फेला पारेको थियो ।

टाकुल्ले भन्ने स्थानमा सीमास्तम्भ फेला परेको टोलीका एक सदस्यले जानकारी दिए । हिउँसँगै दबेर रहेको ढुंगाजस्तो बस्तु देखेपछि माटो र हिँउ पन्छाएर हेर्दा ११ नम्बर सीमास्तम्भ भेटियो । जुन ५२ सय मिटर उचाइमा रहेको छ । ती सदस्यले भने ।नाम्खा गाउँपालिका–६ लाप्चाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका भवनको विषयमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोली स्थलगत अध्ययन गर्न गएको थियो ।

लोलुङजोङमा चिनियाँ अधिकारीसँगको वार्ता सफल नभएपछि प्रजिअ गिरी नेतृत्वको टोली त्यहाँबाट हिल्सा गएको थियो ।बुधबार मात्र सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले आफ्नै भूमिमा भवन बनाएको बताएका थिए । अहिले बनाइएको भनिएको भवन चीनले यसअघि घर बनाएकै स्थानमा थपेको जानकारी दिए ।यसअघि मंगलबार काठमाडौंस्थित चिनियाँ दूतावासले पनि आफ्नै भूमिमा भवन बनेको जानकारी दिएको थियो ।