पाल्पामा पहिरोले पुर्दा एकै घरका पाँचसहित ६ जना बेपत्ता

पाल्पा, पाल्पामा पहिरोले पुर्दा एकै घरका पाँचसहित ६ जना बेपत्ता भएका छन् ।

रम्भा गाउँपालिका–२ फोक्सिङकोट बेलौजाका ६० वर्षका हुमबहादुर गाहाको घर पुरिँदा गाहासहित उनकी श्रीमती, छोरी र दुई नातिनी बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् । घटनाबारे थाहा पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली घटनास्थलतर्फ लागेको प्रहरीले जनाएको छ ।

यस्तै रम्भा गाउँपालिका–२ कै सुरुङ डाँडामा पहिरोले घर पुरिँदा अर्की एक महिला बेपत्ता भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनीहरुको खोजी भइरहेको छ ।