दाङमा पत्रकार सवार स्कारपियो खोलामा खस्दा ६ जना घाइते

दाङ, दाङमा पत्रकार सवार स्कारपियो खोलामा खस्दा ६ जना घाइते भएका छन् । लमही-घोराही सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा नम्बर ६ कुलमोड देखि करिब दुई किलोमिटर अगाडि विहिवार विहान बा ११ च ९५१३ नम्बरको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

कपिलबस्तुबाट दाङ हुँदै सल्यान जान लागेको स्कारपियो गाडी दुर्घटनामा पर्दा पत्रकार सहित ६ जना घाइते भएका हुन् ।

दुर्घटनामा सल्यान स्थित रेडियो मध्यपहाड एफ।एमका स्टेसन म्यानेजर बागचौर नगरपालिका वडा नम्बर २ का बिरेन्द्र डिसी, सोही रेडियोमा कार्यरत बागचौर गाउँपालिका कै तुलाराम परियार, त्यस्तै लेकाली अनलाइनमा कार्यरत खगेन्द्र केसी, खगेन्द्रका बहिनी वर्ष १५ वर्षिया नोखी केसी, तुलसिपुर उपमहानगर पालिका वडा नम्बर ५ का प्रकाश ओलि, सल्यान छत्रेस्वरी गाउँपालिका वड नम्बर ३ का चालक सन्तोष बुढाथोकी घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

दुर्घटनामा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का प्रकाश ओली पनि घाइते भएको प्रहरीले जनाएको छ ।

अहिले घाइतेहरु दुई जनाको लमही स्थित फ्लोरेन्स अस्पताल र चार जनाको लमही अस्पतालमा उपचार भैरहेको छ भने अवस्था सामान्य रहेको जनाइएको छ । घाइते पत्रकार खगेन्द्र केसीका अनुसार आफूहरु सवार गाडीको गति तिब्र हुनुका साथै घुम्ती भएको र विपरित दिशाबाट मोटरसाइकल आइरहेको अवस्थामा मोटरसाइकललाई बचाउने क्रममा गाडी दुर्घटनमा परेको हो । गाडी सडकबाट करिब ५ सय मिटल तल खसेको प्रहरीले जनाएको छ ।