नयाँ कार्यालय प्रमुख आएसंगै कार्यालय प्राङ्गण परिसरको अनुहार फेरियो

सबै चिज सम्बभ छ असम्भब भन्ने केहि छैनः कार्यालय प्रमुख गिरी

सुर्खेत, नयाँ कार्यालय प्रमुख आएसंगै कार्यालयको प्राङ्गण परिसरको अनुहारनै फेरिएको छ । डिभिजन वन कार्यालय सल्यानमा धेरै हाकिम आए धैरै गए तर कसैको आँखा परेन कार्यालय अगाडि रहेको बन्जर भिरालो परिसरमा फरक यतिमात्र हो कार्यालय प्रमुख रमेश गिरी आएसंगै प्राङ्गण परिसरको मुहारनै फेरिएको हो ।

लकडाउनको बेला सबै कार्यालय बन्द भए तर डिभिजन वन कार्यालय सल्यानको प्राङ्गण मर्मत कार्यमा लकडाउन लागेन । जिल्ला पुर्वाधार बिकास कार्यालय सल्यानको पाँच लाख अनुदान सहयोग र डिभिजन वन कार्यालय सल्यानको एक लाख ३७ हजार गरी जम्मा ६ लाख ३७ हजार लगानीमा निर्मित उक्त प्राङ्गण टायल बिच्छाएर सुन्दर र मनमोहक बनेको छ । केहि समय पहिला झाडि रहेको उक्त ठाउमा अहिले सप्तरंङ्गी फुलहरु फुलेका छन ।कार्यालय प्रमुख गिरी बताउछन आपसि समझदारी भयोभने सबै चिज सम्बभ छ असम्भब भन्ने केहि छैन ।

सबै कर्मचारीहरुको एकताको अनुपम एउटा रुप हो ।नेपालमा कर्मचारीले सेवाग्राहि अनुरुप कार्य नभएको गुनासो खेपिरहेको बेला सो कार्य नमुनाको रुपमा साबित भएको छ ।