आज सुनको मुल्यमा पुनः ओरालो

काठमाडौं, आज सुनको मूल्य घटेर प्रतितोला एक हजार २०० रुपैयाँ घटेको छ।मंगलबार ९५ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज ९४ हजार ३०० तोकिएको हो।

तेजाबी सुनको मूल्य पनि एक हजार २०० रुपैयाँले ओरालो लागेको छ। आज ९३ हजार ८०० तोकिएको तेजाबी सुन मंगलबार ९५ हजारमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर एक हजार १९० मा कारोबार भइरहेको छ।