डा.केसीलाई त्रिभुवन विमानस्थलवाटै ट्रमा सेन्टर लगियो

काठमाडौं, अनशनकै क्रममा काठमाडौं आइपुगेका डा. गोविन्द केसीलाई त्रिभुवन विमानस्थलवाटै राष्ट्रिय ट्रमा सेन्टर पुर्याईएको छ ।नेपालगञ्जबाट काठमाडौं आएका केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लने बित्तिकै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा हाल विगतमा वीर अस्पतालमा दिइने उपचार सेवा सञ्चालन हुँदै आएको छ ।

केसीलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको उनका सहयोगीले बताए । उनलाई सेन्टरको आकस्मिक कक्षमा लगिएको छ ।

पीसीआर परीक्षणलाई तिब्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने माग राख्दै केसीले भदौ २९ गते अनसन वस्न जुम्ला पुगेका थिए ।

धरपकड हुन सक्ने भन्दै केसी काठमाण्डौं फर्किएका हुन् ।