ड्रग्स काण्डः दीपिकासँग पनि सोधपुछ गरिने

एजेन्सी, सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा ड्रग्स सेवनको विषय चर्चामा आएको छ । एनसीबीको अनुसन्धानमा कैयौ बलिउड कलाकार मुछिएका छन् ।तीमध्ये ड्रग्स लिने गरेको भन्दै दीपिका पादुकोणको नाम पनि जोडिएको छ ।

दीपिका बलिउडकी सफल हिरोइन मात्र होइनन्, उनी आफ्नो सुन्दरताका साथै बौद्धिक पनि मानिन्छिन् ।दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशबीच भएको ड्रग्स च्याट सार्वजनिक भएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरोले मंगलबार करिश्मालाई सोधपुछका लागि बोलाएको छ । स्रोतका अनुसार दीपिकासँग यसै हप्ता सोधपुछ हुने सम्भावना छ ।

यस्तै रिया चक्रवर्तीकी म्यानेजर जया साहासँग पनि एनसीबी अफिसमा सोधपुछ चलिरहेको छ ।ड्रग्स मामिलामा एनसीबीले रिया चक्रवर्तीलाई भने ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो । उनी ९ सेप्टेम्बरदेखि भायखला जेलमा छिन् । कस्टडी आज समाप्त हुँदैछ । भिडियो कन्फरेन्सिङमार्फत् रियाको अदालतमा पेशी हुनेछ ।