नेपालमा थप १ हजार ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

कुल संक्रमितको संख्या ६६ हजार ६३२

काठमाडौँ, नेपालमा थप १ हजार ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३५६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४८ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८२३ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२ प्रतिशत संक्रमित निको भएका छन् ।

हाल नेपालमा १८ हजार १४२ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार १९३ जना रहेका छन् । होम आइसोलेशनमा रहनेको संख्या ८९४९ छ । अहिले क्वारेन्टाइनमा ७ हजार १७१रहेका छन् । आज ११ हजार १५४जनाको पिसिआर परिक्षण गरिएको छ ।