आईपीएलमा राजस्थान रोयलर्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदै

काठमाडौं, आईपीएलमा आज राजस्थान रोयलर्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । खेल नेपाल समायनुसार मंगलबार साँझ ७ः४५ बजे सारजहाँ क्रिकेट मैदानमा हुनेछ ।चेन्नई लिग दोस्रो जितको दौडमा रहेको छ । चेन्नईले लिगको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्यिन्सलाई ५ विकेटले पराजित गरेको थियो ।

दोस्रो खेलमा चेन्नई उच्च मनोबलको साथ मैदान उत्रिदैँ छ ।यता, राजस्थान भने जितसहित लिग सुरुवात गर्नें तरखरमा छ । विदेशी खेलाडीको भरमा रहेको राजस्थानमा स्टेभ स्मिथ, बेन स्टोक जस्ता ब्याटस्म्यान रहेका छन् । बलिङतर्फ टम कुरन, अक्षय सिंह, ओसाने थोमस रहेका छन् ।चेन्नईमा महेन्द्रसिंह धोनी, फाप डु प्लेसिस, सेन वाटसन, मुरली विजय ब्याटिङको पंक्तिमा रहेका छन् ।

बलिङतर्फ इमरान ताहिर, जोस ह्याजेवुडलगायतका अनुभवी खेलाडी रहेका छन् ।