पहिरोमा पुरिएर २ जनाको मृत्यु

काठमाडौं, गुल्मीको इस्मा गाउँपालिका–२ रातचौरमा पहिरोमा पुरिएर २ जना पैदल यात्रीको मृत्यु भएको छ। पहिरोमा परी एकजना घाइते भएका छन् ।बाटोमाथिबाट खसेको पहिरोमा परेर स्थानीय ३९ वर्षिय प्रेमबहादुर कुमाल र सोही ठाउँका ५ वर्षका सफल कुमालको मृत्यु भएको र ६० वर्षिय तिलक कुमाल घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था समान्य रहेको प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए । उनको राती नै उद्दार गरिएको थियो । 

मृतकको शव मंगलबार बिहान नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले फेला पारको थियो ।

सोमबार साँझ आफन्तको घरमा सहभागी भएर घर फर्किने क्रममा बाटोमाथिबाट खसेको पहिरोमा परेर घट्ना भएको प्रहरीले जनाएको छ ।