भारतमा नयाँ कोरोनाका संक्रमितको तुलनामा निको हुनेको संख्या वढ्यो

एजेन्सी, भारतमा नयाँ संक्रमितको तुलनामा निको हुनेको संख्या वढेको छ। सोमबार ७४ हजार ४ सय ९३ नयाँ संक्रमित थपिदा एकै दिन १ लाख २ हजार ७० बिरामी निको भएका छन् ।

नयाँ संक्रमितको संख्या घट्नु र निको हुनेको संख्या बढ्नु सुखद् खबर हो । ५ दिनअघिसम्म भारतमा अवस्था भयावह थियो, त्यसबेला एकैदिन ९६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो ।

आइतबारसम्म १० लाख ४ हजार २ सय ७२ जनामा सक्रिय संक्रमण थियो, सोमबार घटेर ९ लाख ७५ हजार ६ सय २३ पुगेको छ । यद्यपि, यस्तो सकारात्मक विकासका बाबजुद भारतमा कोरोनाको कहर नियन्त्रणमा भने छैन । यहाँ ५५ लाख ६२ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ ।
अमेरिकापछि ५० लाखभन्दा धेरै जनसंख्यामा कोरोना पुष्टि हुने भारत दोस्रो मुलुक हो । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ हजार नाघेको छ । यहाँ अहिलेसम्म ८८ हजार ९ सय ६५ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ ।
(एजेन्सिको सहयोगमा)