आईपीएलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित

काठमाडौं, इण्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्लीले दिएको १५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा दिल्लीका लागि कागीसो रबाडाले बलिङ गर्दा लोकेश राहुल र निकोलस पुरण ब्याटिङ गरेका थिए । राहुलले पहिलो बलमा २ रन जोडे पनि दोस्रो बलमा भने क्याचआउट भए । अर्को बलमा नै रबाडाले पुरणलाई बोल्ड गरे ।दिल्लीले ऋषभ पन्त र श्रेयस ऐरलाई ब्याटिङमा पठाएको थियो । मोहमद शामीले पहिलो बल बाउन्सरमा डट राखे पनि दोस्रो बल भने वाइड फ्याँके । पन्तले दोस्रो बलमा २ रन जोडेपछि दिल्लीले विजयी सुरुवात गरेको हो ।

पञ्जाबका ओपनर मंयक अग्रवाल ७ चौका र ४ छक्का मद्दतमा ८९ रनमा क्याच आउट भए । दिल्लीका रविचन्द्रन आश्विन कागिसो रवाडाले समान २ विकेट लिए । अक्षर पटेल र मोहित शर्माले एक एक विकेट लिए ।त्यसअघि दुबईमा पञ्जावले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दिल्लीले निधारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रनको योगफल तयार पारेको थियो । मार्कस स्टोइनिसले सर्वाधिक ५३ रनको योगदान दिए । उनले २१ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।