नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि मंगलबारसम्म स्थगित भएको छ ।सोमबार दिउँसो बस्ने तय भएको बैठक भोलि दिउँसो साढे १२ बजे सम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि आइतबार पहिलो पटक पेरिसडाँडामा बसेको सचिवालय बैठकले आज मन्त्री हेरफेरको मापदण्डबारे छलफल गर्ने तय गरेको थियो ।