काठमाडौंमा ५३८ सहित उपत्यकामा थपिए ६७४ कोरोना संक्रमित

काठमाडौं ,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ कोरोना संक्रमित थपिएका छन् ।जसअनुसार काठमाडौंमा २१३ महिला र ३२५ पुरुष, भक्तपुरमा ३० महिला र ४४ पुरुष, ललितपुरमा ३१ महिला र ३१ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

आइतबार काठमाडौंमा ६०२ , भक्तपुरमा १०१ र ललितपुरमा ६४ गरी उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका थिए ।शनिबार काठमाडौंमा पाँच सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना गरी ७११ कोरोना संक्रमित देखिएका थिए ।