थप १० जना कोरोना संक्रमितको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन ४, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं, पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४११ पुगेको छ।पछिल्लो डेढ महिनादेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ।
हिजो शनिबार ११ जना संक्रमितको मृत्यु भएको थियो।देशभर १९० जना संक्रमित आईसीयूमा छन् भने ३६ जना भेन्टिलेटरमा छन्।पछिल्लो २४ घण्टामा १३ सय २५ जना संक्रमित थपिएका छन् भने ९६६ जना संक्रमणमुक्त भएका छन्।

