बलिउड नायिका पायल घोषलेले निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप

एजेन्सी, बलिउड नायिका पायल घोषलेले निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी छन् ।घोषलेले यौन शोषणको आरोप लगाउँदै कडा कारवाहीको माग गरेकी छन् । उनले ट्वीटरमार्फत अनुराग कश्यपले जबरजस्ती गरेको आरोप लगाएकी हुन् ।

उनले ट्वीटरमा लेखिन्, ‘मलाई उनले आफूतिर खिच्ने कोशिश गरे । प्रधानमन्त्रीज्यू, देशकै क्रियटिभ मानिने मानिसको पछाडि लुकेको राक्षसी अनुहारलाई सबैसामु देखाइदिनुहोला । मलाई थाहा छ, यो कुराले मलाई घाटा लाग्नेछ । मलाई सुरक्षाको खतरा पनि बढ्नेछ । कृपया, मलाई सहयोग गर्नुहोला ।’

उनले यो खुलासा गरेकाले आफ्नो सुरक्ष खतरामा परेको भन्दै मद्दत समेत मागेकी छन् ।अनुराग कश्यपले भने यसलाई ‘आक्रमण भएको’ प्रतिक्रिया दिएका छन् ।कश्यपले लगातार चारवटा ट्वीट गर्दै भनेका छन्, ‘अझै त धेरै आक्रमण हुनेवाला छ, यो त शुरुवात मात्र हो, नबोल् भनेर धेरै फोन पनि आइरहेको छ, यो पनि थाहा छ– थाहा छैन, कहाँ कहाँबाट तीर छोड्ने वाला छन्, प्रतीक्षामा छु ।’

पयल कन्नड चलचित्रमा धेरै देखिने नायिका हुन् । बलिउडमा पायलले चलचित्र ‘पटेल कि पंजाबी शादी’बाट डेब्यू गरेकी थिइन् ।