कता बाट आयौ तिमी..!

कविता

तिमी
कता बाट आयौ तिमी कता बाट छिर्यौ ।
जिन्दगीको बाटो बनि कतातिर हिडेउ ।।
तिम्रा हरेक चाहना पुरा हुन मायाकी खानी हौ तिमी ।
जब म संग भेट भो मायाको खानी बनेकी छौ तिमी ।।
कता बाट आयौ तिमी कता बाट छिर्यौ ।
जिन्दगीको बाटो बनि कतातिर हिडेउ ।।

कहिले झगडा त कहिले रोदन बनेकी छौ तिमी ।
झगडामा नै मायाको जालो बुनेकी छौ तिमी ।।
कता बाट आयौ तिमी कता बाट छिर्यौ ।
जिन्दगीको बाटो बनि कतातिर हिडेउ ।।
ठुस्सिने, रिसाउने, र फकाउने कस्ती राम्री तिमी ।
समयको पावन्दिमा हराउने राम्री सानि तिमी ।।
कता बाट आयौ तिमी कता बाट छिर्यौ ।
जिन्दगीको बाटो बनि कतातिर हिडेउ ।।

मुटुमा रगत अनि फोक्सोमा श्वास बनेकी छौ सानी तिमी ।
बाहिर एक अनि भित्र अनेक भएकी रहिछौ सानी तिमी ।।
कता बाट आयौ तिमी कता बाट छिर्यौ ।
जिन्दगीको बाटो बनि कतातिर हिडेउ ।।
किन किन कता कता मनमा छुस्स छिरेकी छौ ।
आफुमा नै हराएर मेरो मनमा रहेकी छौ ।।
कता बाट आयौ तिमी कता बाट छिर्यौ ।
जिन्दगीको बाटो बनि कतातिर हिडेउ ।।
म खुसी छु अनि धनी तिमी मनमा छिरेदेखि ।
कहिल्यै पनि नहराउनु अन्तै मन हिडे पनि ।।
कता बाट आयौ तिमी कता बाट छिर्यौ ।
जिन्दगीको बाटो बनि कतातिर हिडेउ ।।

मनमा जस्तो भए पनि तिमले मलाई नर्बिसिनु ।
यदि त्यस्तो भयो भने थोपा आसु नझार दिनु ।।
कता बाट आयौ तिमी कता बाट छिर्यौ ।
जिन्दगीको बाटो बनि कतातिर हिडेउ ।।
तिम्रा हरेक चाहनामा साथ र सहयोग पाउने नै छौ ।
तिम्रो जिद्दी स्वभाव आज देखि हराउने छ्यौं ।।
कता बाट आयौ तिमी कता बाट छिर्यौ ।
जिन्दगीको बाटो बनि कतातिर हिडेउ ।।
तिम्रो माया कति कति जोख्न नि त सक्दिन म ।
तिम्रो जीवन दुखी रहेको देख्न नि त सक्दिन म ।।
कता बाट आयौ तिमी कता बाट छिर्यौ ।
जिन्दगीको बाटो बनि कतातिर हिडेउ ।।