कुलमान घिसिङ्गलाई पुनः नियुक्त गर्नु पर्ने माग राख्दै प्रदर्शन

प्रदर्शनमा उत्रिएकाहरुलाई पानीको फोहोरा प्रहार

काठमाडौँ, कुलमान घिसिङ्गलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्नु पर्ने माग राख्दै प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ ।

बुधबार दिउँसो माइतीघरमा घिसिङलाई निरन्तरता दिनको लागि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई पानीको फोहोरा प्रहार गरेर प्रहरीले तितरवितर पारेको हो । घिसिङ प्राधिकरणबाट मंगलवार बिदा भएका थिए । २०७३ सालको भदौ २९ गते नियुक्त भएका घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको थियो ।

कार्यकालमा निकै प्रशंसा कमाएका घिसिङलाई अर्को कार्यकाल पनि प्राधिकरणको नेतृत्व दिन सरकारमाथि जनदबाब बढेको छ । तर सरकारले पुनर्नियुक्ति विषयमा कुनै निर्णय गरेको छैन ।