बहराइनका राजकुमारसहित १८ जनाको टोली हिमाल चढ्न नेपाल आइपुग्यो

काठमाडौं, बहराइनका राजकुमारसहित १८ जनाको टोली हिमाल चढ्न नेपाल आइपुगेको छ ।बहराइनका राजकुमार, १४ जना डिफेन्स फोर्स तथा तीन जना बेलायती नागरिक रहेको टोली शेख ईशा एयरबेसबाट गएराति साढे १२ बजे नेपालतर्फ प्रस्थान गरेको थियो ।

उनीहरु चढेको विमान बुधबार बिहान ११ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थल स्रोतले बतायो । करिब दुई महिना समयावधीमा सो टोलीले लोबुचे र मनास्लु हिमालसहित सर्वोच्च शिखर सगरमाथाको समेत आरोहण गर्ने तयारी रहेको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

टोलीलाई भदौ १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले आरोहणका लागि नेपाल आउने अनुमति दिने निर्णय गरेको थियो। आरोहणमा सहभागी हुने सबै सदस्य र चालक दल १५ दिन क्वारेन्टिनमा बसेका थिए। उनीहरू सबैको पीसीआर परीक्षणको रिपोर्ट नेगटिभ आएको छ।