पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन

काठमाडौं, सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ ।उनको १०१ वर्षको उमेरमा निमोनियाको कारण निधन भएको हो ।

उनको जन्म बि सं १९७६ माघ २० मा भएको र २०१३ जेष्ठदेखि २०१६ असार सम्म सर्वोच्च अदालतका प्रधानन्यायाधीश भएका थिए। उनि २०३४ पुसदेखि २०४२ वैशाखसम्म अख्तियारका पहिलो प्रमुख आयुक्त र लोक सेवा आयोगको अध्यक्ष पनि भएका थिए ।

सिंह निमोनियाबाट पीडित रहेका थिए । उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।