विषाक्त युक्त स्यानिटाइजर उत्पादन गर्ने चार कन्पनीमाथि कारबाही

काठमाडौं, विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरेका चार उद्योग कार्बाहीमा परेका छन् ।औषधि व्यवस्था विभागले काठमाडौंका एक, ललितपुरका एक, एक चिनियाँ कम्पनी र एक भारतीय उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएपछि कार्बाही गरीएको हो ।

विभागका अनुसार मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुमा काठमाडौंस्थित श्रीनाथ हर्बल एण्ड कस्मेटिक इन्ड्रिज, ललितपुरको सम्पदा हेल्थ केयर, चिनियाँ कम्पनी गोन्जाओ ओबेपिकाल फाइन केमिकल र भारतीय कम्पनी आरएल क्रोप रहेका छन् ।ती चार कम्पनीले उत्पादन गरी बजारमा पठाएका स्यानिटाइजर प्रयोग नगर्न विभागले सुझाव दिएको छ।

साथै, कम्पनीलाई उत्पादनमा पनि रोक लगाइएको छ।