विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला तोकिएका छन्। ऊर्जा मन्त्री वर्षमान पुनले लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको स्रोतले बताएको छ ।

कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक (१२ औं तह) मा कार्यरत थिए । उनी वरिष्ठताका आकारमा निमित्त कार्यकारी निर्देशक तोकिएका हुन् ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएसँगै कोइराला निमित्त कार्यकारी निर्देशक बनेका हुन्।