एकाबिहानै सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टरको भूकम्प

काठमाडौं, राजधानी काठमाडौंसहित आसपासको जिल्लामा भूकम्पको धक्का महसुस भएको छ। बुधबार बिहान करिब ५ बजेर २० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।

सिन्धुपाल्चोकको राम्चे केन्द्र बिन्दु भएर ६ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भुकम्प गएपछि काठमाडौंमा एकछिन कोलाहल मच्चिएको थियो ।

यसको धक्का महसुस काठमाडौंसहित प्रदेश ३ का सबै भागमा भएको थियो । एकाबिहानै भूकम्प गएपछि काठमाडौं र आसपासका क्षेत्रका हल्लीखल्ली मच्चिएको थियो ।