दाङमा आज थप २३ जनामा कोरोना पुष्टि,
प्रकासित मिति : २०७७ भाद्र ३०, मंगलवार १८:००
प्रकासित समय : १८:००
दाङ ,दाङमा आज मंगलबार २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने २३ जना नै घोराही उपमहानगरपालिकाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जसमा १२ जना महिला र ११ जना पुरुष रहेका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित पद्मोदय क्याम्पसको कलेक्सन सेन्टरबाट संकलन गरिएको नमुना मध्ये ९५ जनाको परिरक्षण गर्दा २३ जनामा कारोना पुष्टि भएको स्वास्थ्य कायालयका फोकल पर्सन कमल चन्दले बताउनुभयो । संक्रमण पुष्टि हुनेमा उपमानगरका कर्मचारी समेत रहेको चन्दले जानकारी दिए ।
मंगलवार थपिएका २३ जनासहित दाङमा कोरोना संक्रमितको कुल संखया ९ सय ४२ पुगेको छ । ति मध्य ७ सय ४३ जना कोरोना मुक्त भैसकेका छन् भने दुई जनाको मृत्यु भएको छ । हिजो मात्र दाङमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।