शाहीको स्मृतिमा शैक्षिक छात्रवृत्ति अक्षय कोष स्थापना

कोहलपुर, माओवादी आन्दोलनका पुराना तथा इमानदार नेता स्वर्गीय राम बहादर शाही (कुबेर) शाहीको नाममा शैक्षिक छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको छ ।

मंगलबार शाहीको १३ औ दिनको पुण्य तिथीको अवसरमा १ लाख ५ हजार ५ सय ५५ रुपैयाको शैक्षिक छात्रवृत्ति अक्षय कोषको स्थापना गरिएको हो ।उक्त छात्रवृत्ति रकम बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा अध्यान गर्ने जेहेन्दार तथा आर्थिक विपन्न छात्र-छात्राको लागि विरतरण गरिने छ ।

स्व नेता शाही माओवादी आन्दोलना पुराना र इमानदार नेता हुन् । उनले दश बर्षे जनयुद्धको समयमा प्रत्यक्ष सहभागी भएर महत्त्वपूर्ण जिम्मेवारी बहन गर्दै सिङ्गो आन्दोलनमा क्रियासिल रहदै आउनुभएको थियो ।