कर्मचारीमा कोरोना पुष्टि भएपछि शान्तिनगर गाउँपालिका कार्यालय शिल

दाङ, कर्मचारीमा कोरोना संक्रमण देखिएपछि शान्तिनगर गाउँपालिकाको कार्यालय २ दिनका लागि लागि शिल गरिएको छ । संक्रमितको सम्पर्कमा रहेकाको स्वाब संकलन गरी रिर्पोट नआउँदासम्मका लागि दुई दिनका लागि गाउँपालिकाको कार्यालय शिल गरिएको अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिनुभयो ।

शान्तिनगरमा हिजा दुई कर्मचारीसहित १७ जना समुदायस्तरका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । समुदाय स्तरका ९३ जना व्यक्तिको पिसिआर जाँच गर्दा १७ जनामा कोरोना पृष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिनुभयो ।
गाउँपालिकामा २०२ जना स्वाब संकलन गरिएकोमा यसअघि ५२ जनाको जाच गर्दा १ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । अहिले दोस्रो चरणमा ९३ जनाको परिक्षण गर्दा १७ जनाको कोरोना रिपार्ट पोजेटिभ आएको हो ।

अहिले शान्तिनगरको ५७ जनाको रिर्पोट आउन बाकि रहेको स्वास्थ्य शाखा संयोजक पुनले बताउनुभयो । गाउँपालिकामा अहिलेसम्म ५५ जनामा कोरोना संक्रमण देखिएको छ । अहिले गाउँपालिका २० जना संक्रिय संक्रमित रहेका छन् । गाउँपालिकामा ३५ संक्रमित डिस्चार्ज भइसकेका छन् ।