प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई

काठमाडौं, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।प्रधानमन्त्रीले सञ्चारमन्त्री नियुक्त नहुँदासम्म प्रवक्ताको जिम्मेवारी दिएको ज्ञवालीले जानकारी गराएका छन् ।

यो अस्थायी प्रबन्ध मात्र भएको जानकारी दिंदै मन्त्री ज्ञवालीले भने, ‘सञ्चारमन्त्री नियुक्त नहुँदासम्मका लागि प्रधानमन्त्रीले त्यसअनुसार प्रबन्ध गर्नु भएको हो ।’प्रधानमन्त्रीको सचिवालयले पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको नभई तोकिएको जानकारी दिएको छ ।

‘मन्त्रिपरिषद् बैठकले निर्णय गरेर होइन, प्रधानमन्त्रीले तोक्नु भएको हो । यो सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त नगर्दासम्मका लागि हो ।