बाँकेमा थप ४३ जनामा कोरोना संक्रमण

 नेपालगञ्ज, बाँकेमा मंगलबार भेरी अस्पतालमा गरिएको परिक्षणमा ४१ र  बागेश्वरी डाइग्नोष्टिक सेन्टरमा गरिएको परिक्षणमा २ जना गरी बाँकेमा ४३ जनामा कोरोना पुष्टि भएको छ ।

यो सङ्गै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय १२ पुगेको छ । जसमध्ये, ८ जनाको मृत्यु भइसकेको छ भने १ हजार ७८ जना कोरोना मुक्त भइ डिस्चार्ज भइसकेका छन ।