सर्वहित सहकारीले बाल क्लवलाई शैक्षिक सामाग्री दिएर

बाल दिवस मनाइयो

भालुवाङ , राष्ट्रिय बाल दिवसका अवसरमा सर्वहित बचत तथा ऋण सहकारी संस्थाले बाल क्लवलाई शैक्षिक सामाग्री प्रदान गरेर बाल दिवस मनाएको छ । विपदमा बाल अधिकारको सुनिश्चितता : हामी सवैको साझा प्रतिवद्वता भन्ने मुल नाराका साथ सोमबार अाफ्नै कार्यालयमा दिवस मनाएको हो ।

दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ श्रीनारायण चोक माैरीघाटमा रहेको संस्थाले बाल दिवसका अवसरमा संस्थामा अावद्व १३ वटा बाल क्लवलाई १/१ पिस क्यालकुलेटर, झोला, रजिस्टर र गुन्द्रो प्रदान गरेको छ । एउटा बाल क्लवलाई १ हजार १ सय का दरले १३ वटा क्लवलाई कुल १४ हजार ३ सय रूपैयाँ बराबरको शैक्षिक सामाग्री प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष राजेन्द्र चाैधरी थारूको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा उपसमितिका संयोजक बुद्विमान चाैधरी र संस्थाका अध्यक्ष राजेन्द्र चाैधरी थारूले सो शैक्षिक सामाग्री बाल क्लवका अध्यक्ष तथा प्रतिनिधिहरूलाई प्रदान गरेका थिए । सो अवसरमा राप्ती दर्पण टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता , शिक्षा उपसमितिका संयोजक बुद्विमान चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले विगतका वर्षमा जस्तै यस वर्ष कोरोना भाइरस कोभिड १९ का कारण दिवस मनाउन नपाए पनि सिमित संख्यामा सहभागी गराएर सुरक्षा मापदण्ड अपनाइ कार्यक्रम गर्न सफल भएको बताएका थिए । लेखा सुपरिवेक्षण समितिका संयोजक रामप्रसाद चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव जागेन्द्र चाैधरीले गरेका थिए ।