दाङमा आज थप ४४ जनामा कोरोना पुष्टि

दाङ , दाङमा आज थप ४४ जनामा कोरोना संक्रमण भएको छ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा सोमवार दाङमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु घोराही उपमहानगरपालिका १९ जना, शान्तिनगर गाउँपालिकाका १७ जना र बबई गाउँपालिका ८ जना रहेका छन् । घोराही उपमहानगरपालिका–१० नारायणपुर क्षेत्रबाट स्वाव संकलन गरिएको ६४ जनामा मध्य १५ जनामा कोरोना संक्रमण पुष्टि भएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले जानकारी दिएका छन् ।

उनका अनुसार अन्य चार जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकबाट स्वास परिक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । यसअघि नारायणपुर क्षेत्रमा संक्रमितहरु देखिएका व्यक्तिहरुको कन्ट्रयाक टे«सिङका आधारमा स्वाव संकलन गरि परिक्षण गर्दा अन्य व्यक्तिहरुमा संक्रमण देखिएको हो ।

त्यस्तै शान्तिनगर गाउँपालिकामा ९३ जनाको स्वाव परिक्षणका क्रममा १७ जना र बबई गाउँपालिकामा २० जनाको स्वाव परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देएिको हो । त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकबाट १५ जनाको स्वाव परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ९ सय १९ जना पुगेको छ ।