बाह्रबिसे पहिरो अपडेटः एघार जनाको मृत्यु, २० बेपत्ता(नामावली सहित)
सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटिएको छ । सात महिला र चार पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।शव फेला परेकामध्ये हिरामाया नेवार, जुनु विक, शुकुलाल विक, सन्देश विक, धनलाल नेवार, भक्तिमाया श्रेष्ठ, ल्याङ्सी तामाङ, ज्ञानीमाया प्रधान, सरस्वती विक, करण श्रेष्ठ र सर्किनी नेवारको पहिचान भएको छ । अन्य २० जना अझै बेपत्ता नै छन् ।
उनीहरुको खोजीकार्य भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी बेपत्ताको खोज तथा उद्धार कार्यमा जुटिरहेका छन् ।बेपत्ता हुनेहरुमा रसबहादुर नेवार, दिलमाया श्रेष्ठ, रीता श्रेष्ठ, कोनियल श्रेष्ठ, नादान श्रेष्ठ, अमृत श्रेष्ठ, मनिला श्रेष्ठ, रियासु शिवभक्ति, रामकुमारी श्रेष्ठ, कुमारी श्रेष्ठ, लालवहादुर श्रेष्ठ, बुद्धलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, कुमार विक, सोनिया विक, रुपा विक, सिंहवहादुर विक, कमठमाण्डौ मुलपानी घर भई माईत आएकी रविना श्रेष्ठ, अमृतको घरमा पाहुना आएका एक जना र रविना श्रेष्ठको दुई महिने बालकसहित बीस जना हराईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोबाट नागपुजे, विक टोल र नेवार टोलका २२ घरमा क्षति पुगेको बाह्रबिसे नगरपालिकाको उपप्रमुख सुशिला पाख्रिनले जानकारिगराएकि छन । पहिरो पश्चात प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले निरीक्षण गरी जिल्लामा भएका पहिरो पीडितलाई स्थानान्तरणको तयारी गर्दागदै अकल्पनिय घटना भएको वताउनुभयो । बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र प्रदेश सांसद सरेश नेपालले विस्थापितको वसाई ब्यवस्थापनमा आफूहरु लागिपरेको वताउनुभएको छ ।
सिन्धुपाल्चोकमा ११ हजार घर जोखिममा रहेको स्थानीय सरकारको तथ्याङ्क छ । बाढी र पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका दुई सय ४७ वस्तीका घरहरु असुरक्षित रहेका जिल्लाका स्थानिय तहहरुले जनाएका थिए ।
Related Posts
-
देवानगञ्ज र गोलबजार घटनामा दुई सीडीओसहित ८ अधिकारीलाई कारबाही सिफारिस
काठमाडौं । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाबारे छानबिन गर्न गठित समितिले दुई -
ओलीको निरन्तरता र नेतृत्व त्यागको बहसमा अड्कियो एमाले पुनर्गठन
काठमाडौं । नेकपा एमालेको पुनर्गठनसम्बन्धी सुझावमा कार्यदलभित्र सहमति जुट्न नसकेपछि पार्टीभित्र नेतृत्वको निरन्तरता र

