चितवनमा थप २८ जनामा कोरोना संक्रमण

चितवन , चितवनमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै हुन् ।

भरतपुर अस्पतालले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७ पुरूष र ४ महिला गरी ११ जना, कालिकाका ५ पुरूष र ५ महिला, इच्छाकामनाका ६ पुरूष र रत्ननगरका एक पुरूषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा २ वर्षीय बालक, ४ वर्षीया बालिकासहित ५५ वर्ष उमेर समूहका महिलासम्म छन् ।