कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

मृतकको संख्या ३६० पुग्‍यो

काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

शनिबार एकैदिन देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यसैगरी आइतबार कोरोना संक्रमणबाट देशभर ९ जनाको मृत्यु भएको थियो ।