वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने तयारी गर्दै देउखुरीका पालिकाहरू

देउखुरी, दाङ-देउखुरीका ४ वटा पालिकाहरूले असोज १ गते देखि वैकल्पिक माध्यमबाट विद्यालय सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिकाकाले कोभिड-१९ को कारण पठनपाठनबाट बन्चित रहेका बालबालिकाहरुको पठनपाठनको सन्दर्भमा आफुहरुले भाद्र मसान्त सम्म निचोड निकाली वैकल्पिक माध्यमबाट असोज १ गते देखि शैक्षिक गतिबिधी संचालन गर्ने तयारीमा रहेकाे बताए । शिक्षा शाखा प्रमुखहरूको भनाई अनुसार विद्यार्थीहरूलाई स्कुलमै उपस्थित गराएर पठनपाठन गर्न नसकिने भएकोले वैकल्पिक बिधिबाट मात्र संचालन गरिने योजना रहेको राजपुर गाउँपालिका शिक्षा शाखा प्रमुख केशवराज लम्सालले बताए । उनका अनुसार राजपुर गाउँपालिका दुर्गम तथा विकट क्षेत्र भएको कारण शिक्षा समितिको बैठक बसेर स्कुल खोल्न सकिने बताए ।
यता राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकले राप्ती गाउँपालिकामा समुदाय स्तरमै शिक्षक परिचालन गरी पठनपाठन सुरू गर्ने तयारीमा रहेको बताएका छन् । लमही र गढवाले पनि समुदाय स्तर तथा रेडियो टेलिभिजनबाट नै पठनपाठन सुचारू गर्ने बताए।