स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि प्युठान स्वास्थ्यचौकी एक साता बन्द
प्रकासित मिति : २०७७ भाद्र २८, आइतवार
प्रकासित समय : [nepaliTime]
प्युठान, प्युठानमा एक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ ।
जिल्लाको सरुमारानी गाउँपालिका ढुङ्गेगढी स्वास्थ्यचौकीमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि बसेको गाउँपालिकास्तरीय सिएमसीको बैठकले स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा एक सातासम्म बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिए ।
कोरोना सङ्क्रमण थप फैलिन नदिन तथा सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मी र अन्य व्यक्तिको स्वाब सङ्कलन गरी पठाउनका लागि स्वास्थ्यचौकीबाट प्रदान गरिएको सेवाहरु बन्द भएको हो ।

