बाँकेमा थप २१ जनामा कोरोना पुष्टि

नेपालगन्ज, बाँकेमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार नेपालगन्जका ६ जना, कोहलपुरका ३ जना, बैजनाथका ८ र खजुराका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो